देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रिलिजअघि हजारभन्दा बढी सो हाउसफूल भएको साउथ फिल्म ‘मास्टर’ नेपालमा पनि प्रदर्शन

देशान्तर

काठमाडौँ – बहुप्रतिक्षित साउथ इन्डियन फिल्म मास्टर शुक्रबारदेखि नेपालका हलमा पनि प्रर्दशन हुने भएको छ। कोभिड १९ को महामारीपछि भारतमा आजदेखि पहिलो ठूलो ब्यानरको फिल्म ‘मास्टर’ सार्वजनिक भएको छ। सार्वजनिक हुनुअघि नै शनशनी मच्चाएको फिल्मले पहिलो दिन २५ देखि ३० करोडको बीचमा ओपनिङ गर्ने आँकलन गरिएको छ। भारतमा महामारीपछि ठूलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो हो।

फिल्मको रिलिजअघि नै हजारभन्दा बढी सोको टिकट बिक्री भइसकेको छ। ‘मास्टर’ को टिकट काट्न जम्मा भएका दर्शक कम गर्न अनलाइन बुकिङ खुला गरे पनि यसले हलको टिकट काउन्टरमा भीड घटाउन सकेन। केही स्थानमा दर्शकको भीड कम गर्न प्रहरीले पहल गर्नु परेको थियो।