देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

देशान्तर

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्।

मन्त्री ज्ञवाली तीनदिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले संयुक्त बैठकमा भाग लिनुका साथै भारतका उच्चपदस्थ अधिकारीहरुसँग समेत छलफल गर्नेछन्। बैठकमा भारतीय प्रतिनिघिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन्।

बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।