देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज प्रचण्ड–नेपाल समूहको स्थायी कमिटि बैठक बस्दै

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए । संसद् विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपाले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ। पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो।

बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।