देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनविरुद्ध कांग्रेसले माघ ३ गते गाउँ नगरमा प्रदर्शन गर्ने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले संसद विघटनविरुद्ध यही माघ ३ गते देशभरका गाउँ नगरमा प्रदर्शन गर्ने भएको छ। ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो। “जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा” नारा लिएर गाउँ नगरमा प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ।

यसअघि पनि कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो। ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न सुरु गरेको हो। संसद विघटनविरुद्ध मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा जारी छ।