काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको माहौल बनाउन आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनका लागि जनतामा जान निर्देशन दिएका हुन् । स्थायी कमिटी सदस्यहरूको छलफलमा जनता निर्वाचनको पक्षमा रहेको र त्यसका लागि तयारी गर्नुपर्ने निश्कर्ष निकालिएको ओली नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले बताए ।
‘हामी केही साथीहरू बसेका थियौं । अहिलेको अवस्था र निर्वाचन आयोग अनि सर्वोच्चमा रहेको विषयमा ब्रिफिङ भयो,’उनले भने-‘अब निर्वाचनका लागि तयारी गरेर वैशाख १७ गते र २७ गते हुने निर्वाचनलाई सफल बनाउनुपर्छ । जनताको उभार निर्वाचनकै पक्षमा छ । देशव्यापी रूपमा भएका कार्यक्रमले त्यस्तै संकेत देखाएको छ ।’





प्रतिक्रिया