देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

देशान्तर

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् ।  उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।