देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशीलको आज पनि प्रदर्शन

देशान्तर

काठमाडौं । विवेकशील पार्टीले शुक्रबार माइतीघर मण्डलमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको छ।

विवेकशीलले हरेक दिन माइतीघर मण्डलमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ। उसले शुक्रबार ‘लोकतन्त्रको विरुवा नमार’ भन्ने नाराका साथ प्रदर्शन गरेको हो।

‘लामो संघर्ष तथा त्यागपछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको छ।यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशका लागि अशुभ संकेत हो,’ विवेकशीलका नेता शशीविक्रम कार्कीले भने, ‘सबै राजनीतिक दल तथा नागरिकहरूले लोकतन्त्रलाई संवर्द्धन तथा संरक्षण गर्नका लागि अगाडि लाग्नुपर्छु।