देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान जोगाएर मात्रै चुनावमा जान्छौँ : वरिष्ठ नेता पौडेल

देशान्तर

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन राष्ट्रद्रोही कदम भएको बताएका छन् । कांग्रेस भरतपुर महानगर समितिले भरतपुर १९ शारदानगर टाउनमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले बैशाखमा चुनाव नहुने दाबी गरे ।

संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी ५ वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएकोमा प्रधानमन्त्री ओलीले संसद्मा कुनै अवरोध नआउँदा, पार्टीमा भएको झगडाले संसद् विघटन गरेर तानाशाह बन्न खोजेको आरोप लगाए ।

उनले चुनाव आइहाल्यो भन्दैमा आत्तिन नहुनेसमेत बताए । संविधान जोगाएर मात्रै चुनावमा जाउँला । उनले भनेका छन्, ‘जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्छ ?

कांग्रेस नेतृ डिला संग्रौलाले संविधानको चीरहरण भएको बताइन् । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केपी आोलीले राजनीतिक अपराध गरेको आरोप लगाए ।