देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुराना सर्जक उदय भट्टराईले ल्याएको ,किन माया लाउँछ , को चौतर्फी चर्चा

देशान्तर


काठमाडौँ नेपाली गीत संगीतका सफल सर्जक उदय भट्टराईको नया लोकदोहोरी गीत ,किन माया लाउँछ , बजारमा रिलिज भएको छ। सार्बजनिक भएको केहि दिनमा नै गीतको चौतर्फी चर्चा भएको छ ।

उनका चर्चित गीतहरु धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक उदय भट्टराईको निकै समयको अन्तराल पछी अर्को कर्णप्रिय गीत भर्खरै बजारमा आएको हो।

लोकप्रिय गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा लय शब्द उदय भट्टराईको नै रहेको छ । एक प्रेमी जोडीको सम्बन्धमा जातियताको कारण समाजको तगारो उत्पन्न भएपछी अलग रहनु पर्दाको वियोगान्त भावमा तयार भएको यस गीतको म्युजिक भिडिओमा ओबि रायामाझि रोशनि कार्कि र इश्वर बिकको अभिनय रहेको छ।

भिडियोलाई निर्देशन बिनोद भण्डारीले गरेका हुन् भने छायांकन करण चैंसिर र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । गीतको सर्वधिकार गोल्डेल क्रिएसन संग रहेको छ ।

अहिले यस गीतको म्युजिक भिडियोलाई उदय भट्टराई युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यस गीतका सर्जक उदय भट्टराईले गत दिनहरुका सिर्जना जस्तै यस सामाजिक यथार्थतासंग रुमलिएको सिर्जनालाई पनि उत्तिकै माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेको बताएका छन्