देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ जारी

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा मंगलबार पनि सुनुवाइ जारी छ । मध्याह्न करिब साढे ११ बजे संवैधानिक इजलासमा मुद्दाहरूको सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो । मंगलबारको सुनुवाइमा निवेदक सन्तोष भण्डारीको रिटमाथि कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय गलत भएको भन्दै परेका निवेदनमाथिको संवैधानिक इजलासको तेस्रो दिनको बहसको सुरुवात अधिवक्ता शिवकुमार यादवले गरेका थिए ।