मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् । जनताले स्थिर सरकारको निमित्त झन्डै दुइ तिहाइ मत नेकपालार्इ दिए पनि नेकपाले त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले नेकपाभित्रको घर झगडाको कारण जनप्रतिनिधि मुलक संस्थाको विघटन गरेको बताउँदै नेपालको संविधान ले प्रम ओलीलाई संसद विघटन गर्ने अधिकार कतै नदिएको बताए ।
संसद विघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने बताउँदै उनले कानूनी राज्य प्रति सबैको अवस्था रहेको बताए । उनले राजनैनिक तथा कुटनैतिक सबै रुपमा सरकार असफल भैसकेको कारण वर्तमान सरकारको कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि समेत धमिलिएको बताए।
प्रम ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरपमा परेको र आफूहरु प्रजातन्त्र को संरक्षणको निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको बताए । फरक प्रसंगमा उनले राजसंस्था र हिन्दूराष्ट्र राप्रपाको मुल सिद्धान्त रहेको बताउँदै उनले यसको रक्षा,संरक्षण गर्नु आफूहरुको कर्तव्य रहेको बताए ।





प्रतिक्रिया