देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनविरुद्ध सर्वोच्चमा आजको बहस सकियो

देशान्तर

काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको आजको बहस सकिएको छ। मंगलबारको बहसमा पाँच अधिवक्ताले बहस गरेका हुन्। अधिवक्ताहरु शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्क रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले रिट निवेदनको पक्षमा बहस गरे।

आज बोल्ने अधिवक्तालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले रिटमा मात्रै केन्द्रित हुन भनेका थिए। एउटै अधिवक्ताले धेरै समय बोल्दा थोरै अधिवक्ताले पालो पाउने भएकाले ‘टु दी पोइन्ट’ बहस गर्न प्रधानन्यायाधीश राणाले आग्रह गरेका हुन्। बहसमा सहभागी अधिवक्ताहरुसँग प्रधानन्यायाधीश राणाको सवालजवाफ समेत भएको थियो।