देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

देशान्तर

काठमाडौ । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

खोप भोलि नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउनलागेको हो। खोपको पहिलो खेप भोलि नै काठमाडौं आइपुग्ने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए।

उनका अनुसार कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई खोप लगाउन सुरु गरिनेछ। खोप सहयोग गरेकोमो मन्त्री त्रिपाठीले भारतलाई धन्यवाद दिए।

सोमबार बसेको भारतको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकी मुलुकमा सीमित संख्यामा कोरोना खोपको डोज पठाउने निर्णय गरेको थियो।