देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगले थाल्यो तयारी

देशान्तर

काठमाडौँ – वैशाखमा तय गरिएको मितिमा चुनाव गराउन निर्वाचन आयोगले तयारी थालेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय स्तरमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण लगायतका काम गर्न सबै प्रदेश र स्थानीय तहमा १र१ जना सम्पर्क व्यक्ति तोक्ने निर्णय भएको जानकारी दिएको छ ।

आयोगको निर्णयअनुसार सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव वा सो सरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउन सरकारलाई अनुरोधसमेत गरेको छ ।