देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जिम्मेवारीका साथ लोकतन्त्र बचाउन राजनीतिक लडाई लडिरहेको बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सहि बाटोबाट कुबाटोमा लैजान नदिने राजनीतिक लडाई लडिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफुहरु आवेग र उत्तेजित नभएको बताउदै पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउनेवाला नभएको र आफुहरु रातो झण्डा फहराउनेवालाहरु भएको बताए । आफ्नो गन्तव्यको बारेमा आफुहरु स्पष्ट रहेको बताउदै देशलाई विकासको बाटोमा लैजाने स्पष्ट बाटो अपनाएको उनले बताए ।

उनले भने, केहि मान्छेहरु सिनेमा देखाउन आउछन, तमाशा गर्छन, जनतालाई झुक्याउछन्, त्यस्ता तत्वलाई समाप्त पर्ने हाम्रो काम हो । प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रश्न गर्दै तपाइँलाई त्यो ठाउमा पुर्याउने योद्धाहरुका छोराछोरी छनकी छैनन् रु लड्ने बेलामा अरुका छोरा छोरी चाहिने भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले अहिले प्रचण्ड-नेपाल पक्षसँग आफु बाझ्ने पक्षमा नरहेको भन्दै अहिले विश्व तिब्र गतिमा बढेको र त्यो गतिलाई भेटाएर देश विकासमा ध्यानकेन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भारतीय जीन्युजलाई दिएको अन्तर्वार्तामा भन्ने ठाउ केहि नभएपछि विवाद निकालिएको भन्दै राष्ट्रवाद विवाद गर्ने विषय नभएको बताए ।

अहिले आफुलाई आलोचना गर्ने नेताहरुले यसअघि विदेशीलाई दिएको अन्तर्वार्तामा के भन्नु भएको थियो रु देशको पक्षमा बोल्नु भएको थियो रु भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए ।