देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको अधिनायकवादविरुद्ध एकजुट हुनुपर्छ : चित्रबहादुर केसी

देशान्तर

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको भन्दै त्यसविरुद्ध सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । बिहीवार बुटवलमा जनमोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता केसीले संयुक्त जनआन्दोलनका लागि तयार हुन सबै पक्षलाई आह्वान गरे ।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम अधिनायकवाद र प्रतिगमनकारी भएको बताउँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले संविधान र गणतन्त्र रक्षाका लागि सबै राजनैतिक शक्तिहरु एक ठाउँमा उभिएर कार्यगत एकता गरी संघर्षमा जानुपर्ने आवश्यकता औलाए । प्रधानमन्त्री ओलीको अधिनायकवाद विरुद्ध संयुक्त संयुक्त संघर्ष गरेर मात्र प्रतिगन रोक्न सकिने उनले धारणा राखे ।