देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

देशान्तर

काठमाडौ । सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सल्यान जिल्ला अस्पतालमा उपचाररत शारदा नगरपालिका ३ का ९० वर्षीय वृद्धको मृत्यु भएको हो।

गत पुस २७ गते सामान्य बिरामी भएर अस्पताल भर्ना भएका वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए।

विरामी भएर अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

यसअघि पनि सल्यान श्रीनगरका एक जनाको कोरोनाबाटै मृत्यु भएको थियो।