काठमाडौँ – नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याएका हुन् ।
फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ, उनले भने । अध्यक्ष नेपालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गर्ने प्रक्रिया अगाडि बढिसकेको समेत बताए ।
अध्यक्ष नेपालले फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले शंका गरेको बताए । अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दुस्ख मात्रै दिएको बताए । ओलीलाई साईबर सेना र अरिङ्गालमात्रै मन पर्ने नेपालको भनाइ छ ।





प्रतिक्रिया