देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनःस्थापना नै हो काँग्रेस महामन्त्री : कोइराला

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताएकाछन् ।


आफूहरुको पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने नै रहेको बताए । त्यसैगरी उनले पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली सङ्कलन अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको बताए ।