देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसमा दुई लाइन छैन : वरिष्ठ नेता पौडेल

देशान्तर

मोरङ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले कम्युनिष्टको एजेन्डा नभइ आफ्नै एजेन्डामा जानुपर्ने बताएका छन् । आइतबार विराटनगरमा ओयोजित एक कार्यक्रममा पौडेलले कांग्रेसले प्रतिनिधिसभा पुनस्स्थापनाको आफ्नै एजेन्डामा अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले कांग्रेसमा दुई लाइन नभएको प्रस्ट पारे । सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो चुनाव गराउँछन् भन्ने उनले प्रश्न उठाए । पौडेलले विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गरी पौडेलले अदालतलाई केही भन्नु हुँदैन भन्दै नाटकीय छलछाम र जनतालाई धोका दिने काम गर्न नहुने बताए ।