देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीद्वारा दाङको सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गरेका छन्।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको उक्त पुल निमार्ण सम्पन्न भएपछि आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।

यसैबिच प्रधानमन्त्री दाङ जाने कार्यक्रम तय भएपछि हिजो नेकपाको प्रचण्ड–माधव समुहले प्रधानमन्त्रीको विरोधमा मसाल जुलुस निकालेको थियो। पुल उद्घाटन लालमटीयामा हुने आफूपक्षीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।