काठमाडौँ – अमेरिकी राजदूत र्यान्डी बेरीले सोमबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो ।
बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए । बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले ओली, दाहाल र देउवासँगको भेटवार्तामा पनि दोहोर्याएका थिए ।
देउवासँगको भेटपछि आफ्नो ट्विटमा बेरीले नयाँ राष्ट्रपतिका प्रशासनको विश्व प्राथमिकताबारे छलफल गर्न आफूले नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेको उल्लेख गरेका छन् ।





प्रतिक्रिया