देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

देशान्तर

काठमाडौं – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपहेलनाको मुद्दा दर्ता भएको छ। त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

निवेदनमा भनिएको छ, ‘खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ।’ अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे भन्नु निन्दायुक्त भएको भन्दै प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा दर्ता भएको हो।

कानुन अनुसार अदालतको अवहेलना आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।