काठमाडौं – नेपाली कांग्रेसले संसद विघटनविरुद्ध थप आन्दोलन चर्काउने भन्दै माघ ३० गते देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ। पार्टी मुख्यालय ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्य समितिको मंगलबारको बैठकले माघ १९ गत भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो।
३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा गरिने कांग्रेसले जनाएको छ। यसअघि नेकपाकै प्रधानमन्त्री केपी शर्मा ओलीसमूहले माघ २३ गते काठमाडौंमा विशाल जनसहभागितासहित प्रदर्शन गर्ने घोषणा गरिसकेको छ।





प्रतिक्रिया