देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमृत सिंहको हत्यारालाई कानुनी कठघरामा ल्याइछाड्छौँ : गगन थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले तरुण दलका कार्यकर्ता अमृत सिंहको हत्यारालाई कानुनी कठघरामा ल्याउन हदैसम्म लागिपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । वडा अध्यक्षको सरकारी मोटरसाइकल चढी आएका मानिसबाट अमृत सिंहको हत्या हुनु दण्डहीनताको पराकाष्ठा भएको थापाको भनाइ छ ।

बझाङमा कांग्रेस निकट युवा संगठन तरुण दलका कार्यकर्ता अमृत सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या गरिएको थियो ।

उनले लेखेका छन्, ‘सरकारद्वारा संरक्षित हत्यारालाई कानुनी कठघरामा ल्याउन हामी हदैसम्म लाग्नेछौँ । मृतक अमृत सिंहप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’