देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु

देशान्तर

काठमाडौ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा दिएको अभिव्यक्ति र वरिष्ठ अधिवक्तालाई लक्षित गरी दिएको अभिव्यक्तिका कारण न्यायालयलाई प्रभावित गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध दुई जना अधिवक्ताले रिट दायर गरेका थिए।

उक्त रिटमाथि न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ सुरु भएको हो। ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा, कुमार शर्मा आचार्य र कंचनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका हुन्।

यस्तै पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्वन्यायाधीशहरुविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले मुद्दा दायर गरेका हुन्।