देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सामान्य दुःखले पार्टी एकता भएको थिएन : योगेशकुमार भट्टराई

देशान्तर

इलाम – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरे ।

पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए । संसद्मा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताए । सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गरे ।