देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली प्रवृतिबाट मानिसहरु वाक्क भए : माधव नेपाल

देशान्तर

काठमाडौँ – नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीका प्रवृतिले मानिसहरु वाक्क भएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षको बुटवलमा भएको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेपालले ओलीले नेपालको कुनै पनि आन्दोलनको नेतृत्व नगरेको बताए । ओलीमा मै मात्र हुँ भन्ने प्रवृति हावी भएको बताउदै निरंकुश प्रवृतिको कुनै सम्मान नहुने बताए ।

नेपालले ओलीलाई इतिहासले हुत्याउने प्रक्रिया शुरु भएको बताउदै निर्वाचन आयोगको निर्णयले पनि ओली पक्षको बेहाल भएको बताए । नेपालले ओली पक्षमा लागेका नेता कार्यकर्ताहरुलाई मूल पार्टी छोडेर नजान आग्रह गर्दै फर्किन आग्रह गरेका छन् ।

नेता नेपालले भने, व्यक्तिगत रुपमा हामी कसैको विरोधमा छैनौं, हाम्रो चिन्ता उत्पीडित समुदाय, पिडित जनता, बेरोजगार युवाहरुको समस्या कसरी हल गर्न सकिन्छ भन्ने हो । किसानको जीवन सुखी होस् भन्ने चाहना छ । मजदुरको जीवनमा सुधार होस्, रोजगारीको राम्रो प्रबन्ध होस् भन्ने चिन्ता रहेको छ । यसमा ओलीबाट राम्रो काम हुन सकेन । सरकार गैरजिम्मेवार भयो । र यसै विषयमा पार्टीमा छलफल शुरु गरेको हो ।

केहि स्वार्थमा लागेका बाहेक, भ्रममा परेका बाहेक सबै आफुहरुको पक्षमा लागेको बताउदै नेपालले समग्रमा कार्यकर्ता आफ्नो पक्षमा रहेको दाबि गरे । उनले प्रतिगमनलाई आन्दोलनले मात्र परास्त गर्ने भन्दै आन्दोलनमा सहभागी हुन अपिल गरे ।