देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणबाट बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना संक्रमणको कारण बाँकेका एक स्वास्थयकर्मीको मृत्यु भएको छ।

बाँके बैजनाथ गाउँपालिकाको टिटहरिया स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो।

कोरोना महामारीमा सुरुका दिनदेखि खटिएकी भारतीलाई माघ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा राखिएको थियो।अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको उनलाई चारदिन अघि अस्पताल भर्ना गरिएको थियो। उनको शव नेपाली सेनाले जग्दीघाटमा व्यवस्थापन गर्ने तयारी गरेको छ।