देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल-नेपाल समूहले धनगढीमा आज शक्ति प्रदर्शन गर्दै

देशान्तर

धनगढी – नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आज शनिवार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शक्ति प्रर्दशन गर्दैछ। शुक्रवार विराटनगरमा जनसभा गरेको यो समूहले आज दिउँसो १ बजे धनगढीमा जनसभा गर्न लागेको हो ।

शक्ति प्रर्दशनसँगै हुने जनसभामा सो समूहका अध्यक्ष पुष्पकमल दाहाल पुष्प कमल दाहाल, माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने छन्। धनगढीको खुलामञ्चमा जनसभा सुरु हुनु अघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्‍याली निकालिने नेकपाका स्थायी समिति सदस्य एवंं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले जानकारी दिए।

जनसभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल हिजो साँझ नै धनगढी पुगिसकेका र अर्का अध्यक्ष दाहाल आज धनगढी पुग्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरुद्ध यो समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।