देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनविरुद्धमा ठमाडौँमा नागरिक समाजको प्रदर्शन

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि काठमाडौँमा नागरिक समाजले प्रदर्शन गरेको छ।

डा. गोविन्द केसीको अगुवाईमा अहिंसात्मक नागरिक प्रदर्शन भएको हो। प्रदर्शनका सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन्।