देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण चैत १७ गतेबाट हुने

देशान्तर

काठमाडौ। मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण चैत १७ गतेबाट सुरु हुने भएको छ ।

आयोजक सहरा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने जनाएको छ ।

प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने क्लबका क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी गराए ।

यद्यपि क्लबका अध्यक्ष थापाले कोरोनाका कारण टिम र संख्या र विदेशी खेलाडीका आगमन बारे तत्काल भन्न नसकिने बताए । प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन ।