काठमाडौं – संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । सापकोटाले नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै संवैधानिक परिषद्मै नियुक्ति सिफारिस फिर्ता पठाएका हुन् ।
‘संसदीय सुनुवाइ हुन नसकेको कारणले गर्दा त्यहाँबाट प्राप्त हुन आएको सम्पूर्ण सक्कलै कागजात फिर्ता पठाइएको छ,’ सापकाेटाकाे पत्रमा उल्लेख छ । ३० पुसमा संवैधानिक परिषद्को बैठक बसेको थियो । सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित थिए ।
सो बैठकमा संवैधानिक अंगमा नियुक्तिको विषय नउठेको बताइए पनि ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित अयोगलगायत ११ वटा संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको भन्दै संसद् सचिवालयमा पत्र पठाइएको थियो ।





प्रतिक्रिया