देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको दिनगन्ती शुरु भइसक्यो, सरकार पाकेको फलझै झर्छ : वरिष्ठ नेता खनाल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती शुरु भइसकेकाले अब सरकार पाकेको फलझैं झर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले अहिले प्रतिनिधि सभा पुनस्र्थापनको विकल्प नभएको बताएका छन् ।

नेपाली नागरिकले प्राप्त गरेका अधिकार र संविधानको रक्षाका लागि प्रतिनिधि सभा पुनस्र्थापना गर्नुपर्ने गरिनु पर्ने उनले बताए । नेता खनालले प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी रुपमा फेल भइरहेको बताएका छन् ।