नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले रातो प्रतिगमनविरुद्ध आज देशभर प्रदर्शन गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पूर्वराजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई शर्माले रातो प्रतिगमनको संज्ञा दिएका छन् ।
कांग्रेसले प्रदर्शनमा सहभागी हुन आइतबार नै सबैमा अपिल गरेको छ ।





प्रतिक्रिया