देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता समीर हायुले अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दामा निवेदन दाएर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जनाकारी दिए। पौडेलका अनुसार भोलिका लागि पेसी तोकिएको छ।

प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको र स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको भन्दै अदालतको अवहेलना मुद्दा दायर गर्नुपरेको निवेदनमा उल्लेख गरिएको छ।