देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल-नेपाल समूहले गर्‍यो आयोगमा नेकपाको आधिकारिकता दाबी

देशान्तर

काठमाडौँ – काठमाडौं–नेकपाको दाहाल-नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।

वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।