देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन स्थायी समाधान होइन : राजेन्द्र महतो

देशान्तर

भद्रपुर – जनता समाजवादी पार्टी नेपाल (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन मुलुकका लागि स्थायी समाधान नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा जनता समाजवादी पार्टी नगर कमिटीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जसपा नेता महतोले भने, ‘देशको राजनीतिक परिस्थितिलाई नियाल्दा प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतलाई प्रधानमन्त्री बनाएपछि भोलिका दिनमा पनि प्रतिनिधिसभा विघटन हुँदैन भन्ने केही ग्यारेन्टी छरु’

अहिलेको स्थानीय समाधान प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन दुवै नभएको उनको धारणा छ। ‘विगतका राजा महाराजा र कांग्रेसका नेताहरूले पनि संविधानलाई कुल्चिएर प्रतिगमनकारी कदम चालेका थिए,’ पूर्वमन्त्री समेत रहेका महतोले भने, ‘जनताबाट निर्वाचित अहिलेका बहुमतका नयाँ राजा केपी शर्मा ओलीले पनि संविधान कुल्चियो, त्यसैले अब दिगो निकासका लागि संविधान संशोधन हुनैपर्छ।’