देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद् पुनःस्थापना हुनेमा जनार्दन शर्माको विश्वास

देशान्तर

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले संसद् पुनःस्थापना हुनेमा विश्वास व्यक्त गरेका छन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा बोल्दै शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताएका हुन् ।

नेता शर्माले एम्बुलेन्स चालकले सङ्कटको अवस्थामा अग्रमोर्चामा रहेर सेवा दिने गरेको उनीहरूको प्रशंसा गरे । एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिइन् । संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने उनीहरुलाई स्थानीयस्तरबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्ध निर्देशक डा. प्रमोद लामिछाने, वरिष्ठ बालरोग विशेषज्ञ डा. बालकृष्ण कालाखेतीलगायतले शुभकामना दिएका थिए ।