देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असंवैधानिक नियुक्तिबारे धारणा तय गर्न केन्द्रीय समिति बैठक राखौं : पौडेल

देशान्तर

काठमाडौ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरेका नियुक्तिबारे नेपाली कांग्रेसको धारणा तय गर्न पार्टीको केन्द्रीय समिति बैठकको माग गरेका छन्

त्यसबारे आफूले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको बताएका छन्।

आजै कांग्रेस नेता धनराज गुरुङले पनि आफूलगायत बिभिन्न नेताहरुले व्यक्तिगतरुपमा संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिबारे विरोध गरेको तर पार्टीले संस्थागतरुपमा पनि गर्नुपर्ने भनी सभापति देउवासँग आग्रह गरेका छन्।