देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आम हड्ताल सफल भएको नेकपाको दावी

देशान्तर

काठमाडौं – आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीले आज आयोजित देशव्यापी आम हड्ताल सफल भएको दावी गरेको छ। पार्टीको केन्द्रीय संघर्ष समितिले आज साँझ प्रेस वक्तव्य जारी गर्दै शान्तिपूर्ण आयोजित आम हड्ताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन प्रयास भएको जनाएको छ। सरकारको उक्त प्रयास असफल पारिएको दावी समेत गरिएको छ।

शान्तिपूर्ण रुपमा आयोजित आम हड्ताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत् असफल पारिएको छ, जारी विज्ञप्तिमा भनिएको छ। आन्दोलनबाट तर्सेको सरकारले बिहानैबाट धरपकड गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

काठमाडौंबाट हाम्रो पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य हितमान शाक्य, डाक्टर विजय पौडेल, अमृता थापा, कृष्ण केसी, तनहुँबाट प्रतापलाल श्रेष्ठका साथै देशभरका सयौं नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ भने, वक्तव्यमा भनिएको छ, जनकपुरमा शान्तिपूर्ण जुलुसमाथि प्रहार गरी स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय सदस्य रामचन्द्र झा लगायतलाई गम्भीर घाइते बनाएको छ।

सरकारी दमको भत्सर्ना गर्दै गिरफ्तार नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गरेको छ। त्यसैगरी आन्दोलनका क्रममा संचारकर्मीलाई परेको मर्काका लागि दुस्ख प्रकट गरिएको छ।