देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाएर सर्वोच्चमा सभामुखको रिट

देशान्तर

काठमाडौं . संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको सर्वोच्च अदालतले दर्ता गरेको छ। उक्त रिटको पेसी सर्वोच्च अदालतले आइतबारलाई तोकेको ‍छ। सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागीसहित संवैधानिक परिषद्मा नियुक्ति शपथ ग्रहण गरेकाहरूलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।