देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुन पार्टी मूल पार्टी भन्ने कुराको टुंगो लाग्यो :ओली

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट कुन नेकपा मूल पार्टी हो भन्ने कुराको टुंगो लागेको बताएका छन्।

आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले शुक्रबार उपत्यकामा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यक्रममा मान्छे बस्ने ठाउँ नपुगेको भन्दै आफूहरु मूल पार्टी भएको दावी गरे।

उनले आफ्नो पार्टी कम्युनिस्ट पार्टीको मूल पाटी मात्रै नभएर देशकै मूल पार्टी भएको दावी गरे।

‘मूल पार्टी कुन हो भन्ने कुरामा अहिले पनि कोही अलमलमा छ भने कठैबरा भन्न सकिन्छ’, उनले भने, ‘मूल पार्टी कुन हो थाहा पाउनु परेन, मूल पार्टी यही हो जहाँ तपाई हामी छौँ, यो कम्युनिस्ट पार्टीको मात्रै मूल पार्टी होइन्, देशकै मूल पार्टी हो।’

उनले आफ्नो पार्टी देश बनाउने, देशको रक्षा गर्ने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गरेर त्यसको प्रयोग गर्ने पार्टी भएको दावी गरे। उनले नेकपा लोकतन्त्रका लागि ७ दशक संघर्ष गरेको, बलिदान दिएको र संघर्ष गरेको पार्टी भएको बताए।