देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजतन्त्रको जस्तै ओलीको अन्त्यको साक्षी पनि नारायणहिटी हुनेछ : योगेश भट्टराई

देशान्तर

धादिङ । प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई जब्बरजस्त गृहयुद्धमा धकेलिरहेको बताएका छन् ।

शुक्रबार पार्टीले धादिङवेसीमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता भट्टराईले देश स्थायी शान्तिपूर्ण रुपमा अगाडि बढेका बेला प्रधानमन्त्री ओलीले संविधान च्यातेर देशलाई गृहयुद्धमा धकेलेको बताए ।

उनले ओली समूहले नारायणहिटी पुगेर अस्तित्व नै मेटिएको राजतन्त्रको प्रेतात्मा जगाउने प्रयत्न गरेको बताएका छन् । उनले नारायणहिटी शाहवंशीय राजतन्त्रको अन्त्यको साक्षी बसेको भन्दै ओलीको अन्त्यको साक्षी पनि बस्ने बताए ।

‘जसरी राजतन्त्र अन्त्यको साक्षी नारायणहिटी बसेको छ, त्यसरी नै ओलीको अन्त्यको पनि साक्षी बस्ने छ’, भट्टराईले भने । उनले ज्ञानेन्द्रको झल्को दिनेगरी ओलीका कार्यकर्ताहरु फोटो बोकेर आई लभ यू भन्दै शहर घुमिरहेको बताएका छन् । उनले ओलीलाई मण्डलेहरुले साथ दिइरहेको र ओलीका कार्यकर्ताको शैली पनि मण्डले नै भएको बताएका छन् ।