देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिचानको राजनीतिको नाममा केही व्यक्तिले जनता भड्काउने काम गरे : प्रधानमन्त्री

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीतिको नाममा जनतालाई भड्काउने काम भइरहेको बताएका छन्। नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् सेमिनार कार्यक्रममा ओलीले देश पूर्वजहरुले लडेर निर्माण गरेका र कसैले नदिएको बताए।

‘पहिचानको राजनीतिको नाममा केही व्यक्तिले जनतालाई भड्काउने काम गरे। हामीले सबै महान् पुर्खाहरुको सम्मान गर्नुपर्छ।’ सरकारले सबै गढी तथा किल्लाहरूको सुरक्षा र संरक्षणको काम नेपाली सेनालाई दिएको बताए।

‘हामीहरुले त लडाइको लागि कुनै किल्ला बनाउन परेका छैन। उहाँहरुले आफ्नो ज्यान जोखिममा राखेर देशलाई एकीकृत बनाउनतिर लागे’, उनले भने, ‘आजको जस्तो कुनै हतियार पनि थिएन। हाम्रो पुर्खाहरूलाई जति मान गरे पनि पुग्दैन। हामीले गरेको काम केही होइन। उहाँहरुको तुलनामा केही होइन।’