देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ : प्रदेशसभा बैठक दुई मिनेटमै स्थगित, अविश्वास प्रस्ताव पेश हुनै पाएन

देशान्तर

विराटनगर – प्रदेश १ को प्रदेशसभा बैठक दुई मिनेटमै स्थगित भएको छ । सत्ता पक्षका सांसदले निलम्बित १६ जना सांसदलाई उपस्थित हुन दिनु नहुने माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

सत्तापक्षका सांसदले बैठकमा अवरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।दिउँसो २ बजे बस्ने भनिएको बैठक कार्यसूची विवादका कारण ४ बजेमात्र सुरु भएको थियो । बैठक सुरु भए लगत्तै सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

नेकपाका दाहाल-नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने बैठक नियमित हुन नसक्दा प्रदेश सभामा पेश हुनसकेको छैन ।