देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले मार्क्सवादलाई अवसरवादका रुपमा मात्र बुझे : अध्यक्ष नेपाल

देशान्तर

काठमाडौं । प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।

आइतवार ‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन् । ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिबद्धता समेत कमजोर भएको र मार्क्सवादलाई अवसरवादको रूपमा बुझी आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनले बताए ।

अध्यक्ष नेपालले आफूहरूको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताएका छन् । संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ । आफूहरूले कुर्सीको हानाथाप नगरी न्याय र सत्यका लागि आवाज उठाइरहेकाले आफूहरूको बाटो सही रहेको अध्यक्ष नेपालले बताएका छन् ।