देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपाको जिल्ला तहको समायोजन एक साताभित्र टुंगिने

देशान्तर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एकता प्रकिया अन्तर्गत जिल्ला तहको समायोजन एक साता भित्र टुंगाउने भएको छ । राप्रपाका त्रय अध्यक्षहरूको मंगलबार बिहान बसेको बैठकले समायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फाल्गुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फाल्गुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्ने साथै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।