देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

देशान्तर

काठमाडौं – सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि जिल्ला विभाजन गरेको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार बैठकले वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । भने बाँकी रहेका दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते मन्त्रिमण्डल विघटन गर्दै निर्णय गर्दै मध्यावधी निर्वाचन निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा एक दर्जन बढी रिटहरु परेका छन् ।