देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनविरुद्ध प्रचण्ड – माधव समूहको विरोध सभा सुरु

देशान्तर

काठमाडौं । संसद विघटनविरुद्ध काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव समूहको विरोध सभा सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको हो ।

सभालाई प्रचण्ड, माधव नेपालसहित १४ जनाले सम्बोधन गर्ने तय भएको छ ।नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार आज बोल्ने बक्ताहरुमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्मा रहेका छन्।

त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सो सभामा सम्बोधन गर्नेछन।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसविरुद्ध निरन्तर विरोध प्रदर्शन गर्दै आएको हो।

विरोध कार्यक्रमको दोस्रो चरणको विरोध सभा आज बुधबार काठमाडौंको प्रदर्शनी मार्गमा राखिएको छ।